टाउकैमा गोली लाग्यो कसरी ?
सामान्यतया आन्दोलनका क्रममा प्रहरीलाई सकेसम्म गोली नै नलचाई भीड नियन्त्रणको निर्देशन दिइएको हुन्छ । सम्झाउने, बुझाउने, नभए लाठी प्रहार, अश्रुग्याँस, पानीको फोहोराबाट नियन्त्रण गर्ने विषय पहिलो प्राथमिकतामा पर्छन् । गोली नै चलाउनुपर्ने स्थिति आए पनि रबरको चलाइन्छ तर बानेश्वरमा भएको त्यो विभत्स हत्यामा ताकीताकी टाउकोमा मेटल गोली प्रहार गरिएकोमा प्रहरीले आश्चर्य व्यक्त गरेको छ ।
‘हेडमा सुट गर्ने भनेर पहिला नै प्रहरीलाई आदेश दिइएको थिएन, बिहानको ब्रिफिङमा त्यस्तो भएको छै…