सबैभन्दा सजिलो पुटिन र ज्ञानेन्द्र
विद्यार्थी राजनीतिबाट कलाकारिता क्षेत्रमा प्रवेश गरेका मनोज गजुरेलले ताप्लेजुङ, पाँचथर, झापा, मोरङ र काठमाडौँमा गरी ११ वटा स्कूल पढे । काठमाडौँको पद्मोदय माध्यमिक विद्यालयमा भर्ना हुँदा ०४६ सालमै अनेरास्ववियुको इकाइ अध्यक्ष थिए । रत्नराज्यलक्ष्मी क्याम्पस, काठमाडौँमा पत्रकारिता विषय अध्ययन गर्दैगर्दा जनमोर्चाको अध्यक्ष बन्न पुगे । स्ववियु निर्वाचनताका रत्नराज्यलक्ष्मी क्याम्पसबाट सभापतिको दाबेदार थिए तर अखिलका राजेन्द्र राईलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिए । राजेन्द्र राजनीतिमा उचाई …