‘विद्या भण्डारीको मुख हेर्न पनि मन छैन !’
संयुक्त राष्ट्रसंघको कार्यक्रममा भाग लिन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओली तुर्कमेनिस्तान जाँदै थिए । साउन १८ गते आइतवार गएर २३ गते मध्यरात फर्कने कार्यक्रम थियो । भ्रमणको तयारी चलिरहेकै बेला मदन भण्डारीको हिरक जयन्ती मनाउने टिमसँग विद्या भण्डारीको अनुहार पनि हेर्न मन नभएको भन्दै आक्रोश पोख्ने काम भयो ।
साउन १५ गते साँझ बाग्मतीका पूर्वमुख्यमन्त्री डोरमणि पौडेल, पूर्वपरराष्ट्रमन्त्री तथा चीनका निम्ति राजदूत महेन्द्रबहादुर पाण्डे, गण्डकी विश्वविद्यालयका पूर्वउपकुलपति डा. गणेशमान …