मृदुलाले पनि मच्चाइन् मनपरी
कांग्रेसकी ‘पावर ब्रोकर’ भनेर चिनिने मृदुला कोइराला पनि लोकमानशैलीमै अत्याचारमा संलग्न भएकी छन् । उनले अदालतको अन्तरिम आदेश कुल्चन बाध्य बनाउँदै गौरीघाटको एउटा घर कब्जा गरेकी हुन् । राष्ट्रबैंकका गभर्नर चिरञ्जीवी नेपालको शक्ति प्रयोग गर्दै आफ्नो घर मृदुलाको कब्जामा परेपछि घरधनी रुवाबासीमा छन् ।
काभ्रेका टेकनाथ हुमागाईंले दुःखमा कमाएको र अप्ठेरोमा बैंकसँग लिएको ऋण समयमा तिर्न नसक्दा लिलामी सूचना पनि प्रकाशित भएपछि उक्त घरमा मृदुलाको आँखा पुगेको हो । त्यहाँ अहिल…