अनुजा बानियाँलाई बिर्साउने मान्छे
यो समाजमा इमानदार मान्छेको पनि कमी छैन भन्ने उदाहरण बने यो साता उदयपुरका सुरेश विक । साताभरि स्थानीय तथा राष्ट्रिय रेडियो, पत्रपत्रिकामा छाइरहे । बसमा छाडिएको एक लाख रकम यात्रुलाई इमानदारीसाथ फिर्ता गरेपछि स्याबासी पाइरहे । र, बसका स्टाफप्रति बनाइएको धारणामा केही परिवर्तनको महसुस गराए ।
शहर–बजारमा नगद साथमा नलिई आधुनिक प्रविधिमार्फत कारोबार हुन्छ । तर, गाउँघरमा त्यो सम्भव छैन । घरैपिच्छे वैदेशिक रोजगारमा पुगेका छोरा÷छोरीले सदरमुकाममा आइएमई गरेर पैसा प…