समाजलाई कसरी चिरा पारियो ?
ब्राह्मण, क्षेत्री, वैश्य र शुद्र गरी चार जात, छत्तिस वर्णमा समाजलाई विभाजन गर्दा ती काममा आधारित थिए । ब्राह्मणले पढ्ने, पढाउने, क्षत्रीले राजकाज चलाउने, वैश्यले खेती किसानी गर्ने र शुद्रले यी माथिका जातिको सेवा गर्ने गरी तोकियो । कालान्तरमा यो श्रम विभाजनले नै जातीय रूप धारण गरेको हो ।
श्रममा आधारित यी समुदायमध्ये क्षत्री नेपालको पुरानो रैथाने हो । जनसंख्याको हिसाबले सबभन्दा धेरै अर्थात करिव १७ प्रतिशत हिस्सा ओगटेको छ । डोटेली, बैतडेली, अछामी, बझाँगी, दार्चुलेली, दैलेखी, जुम्ली र डडेलधुरीहरूको बोल्ने खस भाषा र जनसंख्यासमेत समावेश गर्दा क्षेत्रीहरूको संख्या करिब २५ प्रतिशतसम्म हुन आउँछ ।
कुलमष्टोले वाह्मष्टो देउता मान्ने गर्दछन् । बाह्रमस्टोअन्तर्गत अदी मस्टो, खापड सष्टो, वीरे मष्टो, रुमाल मष्टो, कालाशिला मष्टो, तेडी मष्टो, ढण्डारथारपा मष्टो, मानी सष्टो, कावा मष्टो, मण्डली मष्टो, दूधे मष्टो, दाह्रे मष्टो पर्दछन् । यसैगरी नव भवानी दिदी बहिनीका नाममा पनि पूजाआजा गरिन्छ । नौ बहिनी अर्थात् नवभवानीमा मालिका, कालिका, त्रिपुरासुन्दरी, रणसुन्दरी, खेस मालेनी, मेलौली, शैलेश्वरी पर्दछन् । राष्ट्रिय अखण्डता र जातीय सद्भावका निम्ति २०५३ सालमा क्षत्री समाजको स्थापना भएको हो । विक्रम संवत २०५३ सालमा स्थापना भई संस्था दर्ता ऐन, २०३४ बमोजिम २०५५ साल पुस १ गते संस्था दर्ता भएको हो
एकता आजको आवश्यकता भन्ने मूल नारासहित इतिहासको उषाकालदेखि राष्ट्रिय एकता र अखण्डताका निम्ति लड्दै आएको जाति हो क्षत्री । विधानको व्यवस्था अनुसार अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, प्रदेशबाट एक एक जना उपाध्यक्ष सहित ८७ सदस्यीय केन्द्रीय समिति रहेको छ । क्षत्री समाजको एक वर्षअघि २०८१ साउन १ गते बसेको बैठकको निर्णयअनुसार निर्वाचन निर्देशिकासमेत जारी गरिएको छ ।
नेपालको संविधानमा खस आर्यलाई एकै ठाउँमा मिसाउँदा त्यसको प्रभाव के कस्तो परिरहेको छ, सोचनीय विषय हो । सत्ययुगमा नक्कली सुनको हिरण बनाएर झुक्याएझैं कलि युगमा गोलमटोल भाषाले संविधान रंग्याएर झुक्याइएको छ । मानिसले पार्टी, सिद्धान्त, विचार, श्रीसम्पत्ति र उस्तै परे देश र नागरिकतासमेत बदल्न सक्छ तर आफ्नो जात, थर बदल्न सकिँदैन । आधा गाग्री पानी र अर्धज्ञान साह्रै घातक हुन्छ ।
दलितलाई ६० वर्षमा सामाजिक सुरक्षा भत्ता दिने राज्यले ब्राह्मण, क्षत्रीलाई ७० वर्ष कुर्नु पर्ने अवस्था किन सिर्जना गर्यो । के बाहुन, क्षेत्रीहरू बढी बाँच्ने र दलितहरूको छिटो मृत्यु हुने हो ? जातीय आधारमा दिएको आरक्षण खारेज गरिनु पर्छ । आरक्षण जातीय हैन वर्गीय आधारमा हुनु पर्दछ ।
(जनआस्था साप्ताहिकको भदौ २५ गते बुधबारको अंकमा प्रकाशित)
टिप्पणीहरू