आफ्नै सरकारको गलत निर्णयको शिकार बन्दै अमेरिकी जनता
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेका पछिल्ला कतिपय अलोकप्रिय निर्णयको शिकार सबैभन्दा पहिले आफ्नै जनता भएका छन् । राजनीतिक उद्देश्यबाट प्रेरित भएर उनले छिमेकी क्यानाडा, मेक्सिकोलगायत चीनसँगको ब्यापारमा १० देखि २० प्रतिशत अतिरिक्त भन्सार तथा अन्य कर थोपरिदिएका छन् ।
पछिल्लो तीन सातामा त्यस्ता धेरै वटा निर्णय भएकाले अब अमेरिकी बजारमा आयातित सामान महँगो हुने एक जना चिनियाँ विश्लेषकले सामाजिक सञ्जालमा संक्षेपमा विश्लेषण गरेका छन् । ‘भन्सार कर कसरी कार्यान्यवयन हुन्…