रवि लामिछाने अदालतमा पहिलो तारेख बुझ्दै

रवि लामिछाने अदालतमा पहिलो तारेख बुझ्दै
सुन्नुहोस्

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने काठमाडौं जिल्ला अदालत पुगेका छन् । उनी दिउँसो १ बजेको समयमा त्यहाँ पुगेका हुन् ।

उनी काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको बचत रकम अपचलनमा माघ २ गते ६० लाख रुपैयाँ धरौटीमा छुटेपछि आज पहिलो पटक त्यहाँ गएका हुन् । अदालतले आज पहिलो तारेख दिँदै छ ।

यसअघि उनी कास्की जिल्ला अदालतबाट ६५ लाख रुपैयाँ धरौटीमा छुटेका थिए । त्यसपछि रुपन्देही र चितवन जिल्ला अदालतबाट क्रमशः एक करोड र ५४ लाख रुपैयाँ धरौटीमा छुटेका हुन् । 

कास्की प्रहरीले सहकारी ठगी, संगठित अपराधलगायत कसूर लगाएपछि उनी कात्तिक २ गते काठमाडौं बनस्थलीस्थित रास्वपा कार्यालयबाट पक्राउ परेका थिए ।

टिप्पणीहरू