अमेरिकी दूतावास अगाडि नाराबाजी, मुश्किलले एक दर्जन सहभागी
विदेशी अनुदान रोक्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णयविरुद्ध काठमाडौँमा प्रदर्शन गरिएको छ । डा. गोविन्द केसीसहितका अभियन्ताहरु अमेरिकी दूतावास अगाडिको सडकभन्दा पश्चिमतर्फको सडकपेटीमा प्लेकार्ड बोकेर उभिएका हुन् ।
राष्ट्रपतिको कार्यकारी आदेशपछि भएका कतिपय निर्णयमाथि पुनर्विचार गर्न माग गरिएको छ । डिपार्टमेन्ट अफ गभर्मेन्ट इफिसियन्सी (डज) स्थापनापछि प्रमुख बनेका एलन मस्कले सरकारी खर्च र विदेशी सहायता कटौती गर्न सिफारिस गरेपछि ट्रम्प प्रशासनले ९० दिनको लागि सम्पूर्ण विदेशी अनुदान रोकेको छ ।
अमेरिकी अनुदान रोकिएपछि विश्व स्वास्थ संगठन (डब्लुएचओ) र युसएआईडीका परियोजना प्रभावित बनेका छन् । यसले विश्वमा जलवायु परिवर्तन, स्वास्थ्य, शिक्षालगायत क्षेत्रमा गम्भीर असर पुर्याउने केसी समूहको दाबी छ ।
उनीहरुले ‘डब्लुएचओ र युसएआईडीले मनावता बचाउँछ’ लगायत नारा अंकित प्लेकार्ड बोकेका थिए ।
टिप्पणीहरू