ठेकेदारहरुको कार्यक्रममा लैजान र ल्याउन गृहमन्त्रीलाई हेलिकोप्टर
गृहमन्त्री रमेश लेखक निर्माण व्यवसायीहरुको कार्यक्रममा प्रमुख आतिथ्यको निम्ति हेटौंडा पुग्नुभएको छ । उहाँले निर्माण व्यवसायी संघ मकवानपुरले आयोजना गरेको ‘राष्ट्रिय निर्माण तथा व्यापार महोत्सव २०८१’ उद्घाटन गर्नुभएको छ ।
आजदेखि फागुन १८ गतेसम्म हुने महोत्सव उद्घाटनका लागि गृहमन्त्री लेखक दिउँसो १ बजे फिस्टेलको हेलिकोप्टरमा आयोजकहरुसमेत पाँच जनाको टोलीसँगै जानुभएको हो ।
कार्यक्रमपश्चात् ठेकेदारहरुको संस्था निर्माण व्यवसायी संघले व्यवस्था गरेको उक्त हेलिकोप्टरमा अपरान्ह राजधानी फर्कने कार्यक्रम छ ।
टिप्पणीहरू