मधेशमा सभामुख छान्न दिउँसो मतदान
फाइल फाेटाे
मधेश प्रदेशमा आज सभामुख चयनका लागि मतदानको कार्यक्रम छ । त्यसनिम्ति दिउँसो १ बजे प्रदेश सभा बैठक बोलाइएको छ ।
नेपाली काँग्रेस, नेपाली कम्युनिष्ट पार्टी, जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टीसहित सात दलीय गठवन्धनले रामअशिश यादवलाई सभामुखको उम्मेदवार बनाउँदा प्रतिपक्षी दल एमालेले त्रिलोकी प्रसादलाई अघि सारेको छ ।
१०७ सदस्यीय प्रदेश सभामा सभामुख चुनिन ५४ मत आवश्यक पर्छ । सात दलीय गठवन्धनसँग स्पष्ट बहुमत रहेकाले यादव सभामुख निर्वाचित हुने देखिन्छ ।
टिप्पणीहरू