अन्तिम क्षणमा काँग्रेस सभापतिको भारत यात्रा रद्ध
पूर्व प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवाको भारत भ्रमण रद्ध भएको छ । उत्तर प्रदेशस्थित प्रयागराजमा जारी महाकुम्भ मेलामा सहभागी भएर सोही स्थानमा इण्डिया फाउण्डेसनले गर्न लागेको कार्यक्रमलाई सम्बोधन गर्न जान लाग्नुभएका देउवाको यात्रा रोकिएको हो ।
उहाँ र निजी सचिव भानु देउवासँगै जगदम्बा इन्टरप्राइजेजका अध्यक्ष अनिल रुंगटा एअर इण्डियाको उडानमा दिउँसो ३ बजे नयाँ दिल्लीतर्फ जाने कार्यक्रम थियो । बूढानीलकण्ठस्थित निवासबाट विमानस्थलतर्फ जाने तयारी हुँदै गर्दा देउवाको भ्रमण …