प्रधानमन्त्री सेनाको हेलिकोप्टरमा पोखरा जाँदै

प्रधानमन्त्री सेनाको हेलिकोप्टरमा पोखरा जाँदै

प्रधानमन्त्री केपी शर्मा ओली पोखरा जान लाग्नुभएको छ । उहाँ नेपाली सेनाको कल साइन एनए ०६७ हेलिकोप्टरमा बिहान १० बजे बालुवाटारबाट त्यता प्रस्थान गर्ने कार्यक्रम छ । उहाँ सोही हेलिकोप्टरमा अपरान्ह राजधानी फर्कनुहुनेछ ।

प्रधानमन्त्री ओली पोखरा विश्वविद्यालयको २० औँ दीक्षान्त समारोहमा सहभागी हुन पोखरा जान लाग्नुभएको हो । उहाँ विश्वविद्यालयको कुलपति पनि हुनुहुन्छ । 

पोखरा विश्वविद्यालयले शिक्षाविद् एवम् समाजसेवी जोर्ज जोनको प्रमुख आतिथ्यमा दीक्षान्त समारोह आयोजना गर्न लागिएको जानकारी दिएको छ । भारतको केरलामा जन्मिएका जोनले यसअघि पृथ्वीनारायण क्याम्पस, महेन्द्र क्याम्पस, दीपेन्द्र प्रहरी स्कुल, गण्डकी बोर्डिङ स्कुललगायतमा लामो समय अध्यापन गरिसकेका छन् ।

दीक्षान्त समारोहमा सात हजार ८७२ विद्यार्थी सहभागी हुँदै छन् । विश्वविद्यालयमा हाल ३९ हजार सात सय १० विद्यार्थी अध्ययनरत रहेको बताइन्छ ।

टिप्पणीहरू