चीनमा जन्मेका,अमेरिकामा जमेका,अब स्वदेशमै रमेका
विश्वप्रख्यात भूकम्पविद् निउ फङलिङ अमेरिकाबाट मातृभूमि फर्केका छन् । विभिन्न पुरस्कारबाट सम्मानित निउ २२ वर्षको अमेरिका बसाईपछि हालै स्वदेश फर्केको साउथ चाइना मर्निङ पोष्टले जनाएको छ ।
भूकम्पको पूर्वानुमानलगायत विभिन्न विषयमा विशेष दक्षता राख्ने उनी फर्केर चीनको अर्थ एण्ड स्पेस साइन्स स्कूलमा आबद्ध भइसकेका छन् । यसअघि टेक्सासको ह्युस्टनस्थित राइस विश्वविद्यालयमा प्रोफेसर थिए ।
त्यसैगरी अमेरिकी एप्पल कम्पनीका इञ्जिनियर वाङ ह्वानयु पनि वुहान फर्केका छन् । लामो समय एप्पल कम्पनीमा कार्यरत उनले चीन फर्केपछि हुआचोङ विश्वविद्यालयमा आवद्धता जनाएको बताइन्छ । उनले सेमिकन्डक्टरबारे आफ्नो विज्ञता चिनियाँ विद्यार्थी तथा वैज्ञानिकहरुलाई अवगत गराउन थालिसकेका छन् ।
उनी सन् २०२१ देखि गत डिसेम्बरसम्म एप्पल कम्पनीको मुख्यालमा इञ्जिनियर थिए । चीन फर्केर आईटी विद्यार्थीहरुलाई अध्यापनमा सक्रिय रहेको सोही विश्वविद्यालयमा स्नातकोत्तर अध्ययनरत नेपाली विद्यार्थी सुश्रुत रिमालले बताए ।
टिप्पणीहरू