प्रकृतिको शवमा हजुरबाद्वारा दागबत्ती

प्रकृतिको शवमा हजुरबाद्वारा दागबत्ती
सुन्नुहोस्

भारतको उडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा मृत भेटिएकी प्रकृति लम्सालको शवको अन्त्येष्टि गरिएको छ । हिजो राति ९ बजे भैरहवास्थित घर ल्याइएको उनको शव मध्यरातमा अन्त्येष्टि गरिएको हो ।

अन्त्येष्टिअघि शवमा परिवारजन र आफन्तले श्रद्धाञ्जली दिएका थिए । हजुरबुबा देवनाथ लम्सालले दागबत्ती दिएका हुन् ।

प्रकृतिको शव विश्वविद्यालयको होस्टलमा शंकास्पद तरिकाले फेला परेपछि त्यहाँ कार्यरत नेपाली विद्यार्थीहरु विरोधमा उत्रेका थिए । यसबीच विश्वविद्यालयले उक्त घटनामा आफ्नो गल्ती स्वीकार गरेको छ । हिजोसम्म झण्डै एक सय जना नेपाली विद्यार्थी घर फर्केका छन् ।

परिवारले प्रकृतिको मृत्युको निष्पक्ष अनुसन्धान हुनुपर्ने माग गरेको छ ।


 

टिप्पणीहरू