वैदेशिक सम्बन्ध बिगार्दै बालेन
‘के जात्तिले के पायो बोक्रासँगै खायो ! भन्ने उखान सम्झाउँदै काठमाडौं महानगरपालिकाका मेयर बालेन साह छिमेकी देश चीनसँगको सम्बन्धमा दरार ल्याउन उद्यत देखिएका छन् । नेपालीको दशैंजस्तै चिनियाँहरूको महान् पर्व मानिने वसन्त पर्व (स्प्रीङ) रत्नपार्कमा र लालटिन उत्सव पर्यटकीय नगरी ठमेलमा मनाउन रोक लगाइएपछि यस्तो टिप्पणी गरिएको हो । दूतावासले २०२५ को अवसर पारेर तामाङ जातिको सोनाम ल्होसारसहित नेपाल भ्रमण वर्ष एकमुष्ट मनाउन माग गरेको थियो । चिनियाँको यो प्रस्तावलाई साहले ट्राफिक समस्याको अर्घेलो तेस्र्याएर रोकेको देखिएको छ । वसन्त पर्व जनवरी २६ तारिखदेखि फेब्रुअरी २५ सम्म मनाउन अनुमति माग्दै पत्राचार गरिएको थियो । त्यसैगरी, सोही पत्रमा जनवरी २६ देखि डिसेम्बर ३१ सम्म ठमेलका गल्लीलाई राता लालटिनले झकिझकाउ बनाउँदै त्यहाँको पर्यटन प्रवद्र्धनमा बढावा दिने प्रस्ताव पनि थियो । तर, प्रस्तावको अन्तर्यमा प्रवेश नै नगरी साहले ‘रिङ रोड कलंकी टु महाराज सेक्सन’ भन्ने तोक लगाए । ठमेलमा गर्नुपर्ने कार्यक्रम रिङरोडबाहिर लान दिइएको आदेशले पर्यटन व्यवसायीहरू आश्चर्यचकित भएका छन् ।

स्रोतका अनुसार २१ जनवरी २०२५ मा दिइएको जवाफमा "Due to possible traffic congestion and mess, Kathmandu Metropolitan City Office would like to service you to organise the program in the Kalanki- Maharajgunj segment of the Ring-road for the hassle-free operation of the program." भन्ने उल्लेख छ ।
आएको निम्तो अन्तिममा नमान्ने, ७ वटा शहरसँग भगिनी सम्बन्ध भएको मुलुकसँग मित्रता बिगार्ने कुराले अन्ततः महानगरवासीलाई नै घाटा पुग्ने उपमेयर सुनिता डंगोलको ठम्याइ त छ तर तिनी केही बोल्न सक्दिनन् ।
टिप्पणीहरू