अमेरिकाबाट अर्का एक नेपाली डिपोर्ट

अमेरिकाबाट अर्का एक नेपाली डिपोर्ट
सुन्नुहोस्

अमेरिकाबाट डिपोर्ट भई अर्का एक नेपाली स्वदेश फिर्ता भएका छन् । 

अमेरिकामा बस्दै आएका कैलालीका राजेश विश्वकर्मा हिजो दिल्ली हुँदै काठमाडौँ आइपुगेका हुन् । एयर ईण्डियाको उडान नम्बर AI-213 मा उनी हिजो बिहान २० बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेका थिए। 

राष्ट्रपतिमा डोनाल्ड ट्रम्पको पुनरागमनसँगै अमेरिकाले अवैधरु अवैध आप्रवासीहरुलाई धमाधम डिपोर्ट गरिरहेको छ । ट्रम्पले सत्ता सम्हालेयता दुई दर्जन बढी नेपाली फिर्ता भैसकेका छन् । अमेरिकामा एक हजार बढी नेपाली गैरकानुनी तवरले बसिरहेको त्यहाँको अध्यागमनले जनाएको छ । 

आप्रवासीमाथि कडाइ गर्ने नीति लिएको ट्रम्प प्रशासनले १४ लाख आप्रवासीलाई देश निकाला गर्ने योजना बनाएको बताइएको छ । सोहीअनुसार भारत, मेक्सिकोलगायत विभिन्न देशका नागरिकलाई जहाजमा राखेर भटाभट फर्काइरहेको छ ।
 

टिप्पणीहरू