कंगोमा नेपाली सेनाको डफ्फा हेरफेर
अफ्रिकी मुलुक कंगोमा शान्ति स्थापनार्थ तैनाथ नेपाली शान्ति सैनिकहरुको अदलाबदली भएको छ । संयुक्त राष्ट्रसंघको आह्वानमा मोनस्को मिशनमा खटाइएको टोलीलाई फर्काएर अर्को डफ्फा पठाइएको हो ।
ऋषिकेश न्यौपानेको नेतृत्वमा श्री चन्डी दल गणको ३१ औं डफ्फाका १९९ जना आज बेलुका इलाकातर्फ प्रस्थान गरेका छन् । इथोपियन एयरलाइन्सको उडान नम्बर ET8701 मा टोली पौने ८ बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट कंगो उडेको हो ।
यसअघि मिसनमा खटिएको टोली अपराह्न स्वदेश फर्किएको थियो । प्रमुख सेनानी सुरेन्द्र प्रताप रावलको कमाण्डमा मिसनमा खटिएको महावीर शौर्य गण, ३० औँ डफ्फाका १८७ जना सोही एयरलाइन्सको उडान नम्बर ET8704 मा पौने ५ बजे काठमाडौँ उत्रिएका हुन् ।
टिप्पणीहरू