श्रद्धाञ्जलीका लागि विदुर सापकोटाको पार्थिव शरीर आलोकनगरमा
नेकपा एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य विदुरप्रसाद सापकोटाको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पार्टी केन्द्रिय कार्यालय आलोनगरमा राखिएको छ ।
स्वर्गीय सापकोटा पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर अध्यक्ष माधव कुमार नेपालले सम्मान व्यक्त गरेका छन् । मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्न सम्मानित नेता झलनाथ खनालसहित नेकपा एसका नेता-कार्यकर्ता आलोकनगर पुगेका छन् ।
संविधान सभा सदस्यसमेत रहेका ५९ वर्षीय सापकोटाको आज बिहान उपचारका क्रममा देहान्त भएको हो । एकाएक स्वास्थ्यमा समस्या आएपछि उनलाई हेल्पिङ हायन्डस् अस्पतालमा भर्ना गरिएको थियो ।
स्वर्गीय सापकोटाको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिँदैछ ।
टिप्पणीहरू