प्रधानमन्त्री पुनः आक्रोशित
सञ्चारमाध्यमहरुले समाचारमा गर्ने सम्बोधनप्रति असन्तुष्टि राख्दै आउनुभएका प्रधानमन्त्री खड्गप्रसाद (केपी) शर्मा ओलीले सोही विषयमाथि आज फेरि आक्रोश पोख्नुभएको छ । सञ्चारमाध्यमले ‘तपाईं’ को सट्टा ‘तिमी’ भन्ने गरेकोमा उहाँले आपत्ति जनाउनु भएको छ ।
काठमाडौँमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्रीले आक्रोशित हुँदै भन्नुभयो, ‘राष्ट्रपतिलाई भेट्दा हामी राष्ट्रपति कस्तो छ तिम्लाई भन्छौँ र ? भन्दैनौँ नि !, सम्माननीयज्यू हजुरलाई कस्तो छ भन्छौँ । तर, त्यहि भाषा …