धुपबत्ती बाल्दै राष्ट्रपतिद्वारा मानव सेवाको चर्चा
राष्ट्रपति रामचन्द्र पौडेलले मानव सेवामा लाग्न सबैलाई आग्रह गर्नुभएको छ । उहाँले जुनसुकै धर्म, सम्प्रदायको भएपनि मानवजाति सबैको लक्ष्य मानव सेवा रहेको उल्लेख गर्नुभएको छ ।
उहाँले धरानमा श्री कृष्ण प्रणामी धर्मशाला निर्माण समितिले निर्माण गरेको धर्मशाला उद्घाटनपछि त्यस्तो आग्रह गर्नुभएको हो । भन्नुभयो, ‘धर्मशालालाई मानवीय सेवा र भावनाले अभिप्रेरित मन्दिरको रुपमा लिनुपर्छ ।’
राष्ट्रपति पौडेलले राधाकृष्ण मन्दिरमा आरतीसमेत गर्नुभएको थियो ।
टिप्पणीहरू