अध्यादेशमा समझदारी हुने गगन थापाको विश्वास

अध्यादेशमा समझदारी हुने गगन थापाको विश्वास
सुन्नुहोस्

नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले हालै जारी अध्यादेशहरुका सम्बन्धमा सत्तारुढ दलहरूसँग निरन्तर छलफल गरिरहनुभएको बताएका छन् । त्यसमा केही दिनभित्र समझदारी हुने उनको विश्वास छ । 

विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले पार्टी महाधिवेशनको प्रक्रिया प्रारम्भ भइसकेको बताए । थापाले भने, ‘विधानले तोकेको सीमाभित्रै सबै प्रक्रिया पूरा हुन्छ ।’

एक अर्को सन्दर्भमा उनले नेपाली जनताले लोकतन्त्रको विकल्प नखोजेको बताए । जनताले पटकपटक तानाशाह र निरंकुश शासन व्यवस्था देखिसकेकाले लोकतन्त्रको विकल्पको बारेमा नसोचेको र नखोजेको थापाको भनाई छ । प्रजातन्त्रमा नागरिकले मुलुकको व्यवस्थाप्रति नभएर सरकारको काम कारबाहीप्रति असन्तुष्टि जनाउने गरेको उनको निश्कर्ष छ ।

टिप्पणीहरू