जनयुद्ध जिन्दावाद भन्दै माइतीघरमा दलितका कुरा

जनयुद्ध जिन्दावाद भन्दै माइतीघरमा दलितका कुरा

नेकपा माओवादी केन्द्र सम्वद्ध नेपाल दलित मुक्ति मोर्चा जातीय विभेदविरुद्ध सडकमा ओर्लिएको छ । 

आज दिउँसो काठमाडौँको माइतीघर मण्डलामा मोर्चाले प्रदर्शन गरेको हो । मोर्चाका उपाध्यक्ष पदम विश्वकर्माको नेतृत्वमा भेला भएका प्रदर्शनकारीले दलित समुदायमाथि भएका सबै प्रकारका भे‌दभाव र हिंसा रोक्न सरकारलाई खबरदारी गरे ।

भारतको उडिसास्थित केआईआईटी विश्वविद्यालयमा अध्ययनरत नेपाली छात्रा प्रकृति लम्साल हत्याको छानबिन गर्न उनीहरुले माग गरेका छन् । प्रदर्शनका क्रममा 'नेपाल दलित मुक्ति मोर्चा जिन्दवाद', 'नेकपा माओवादी केन्द्र जिन्दवाद', 'महान जनयुद्ध जिन्दावाद', 'छुवाछूत मुक्त राष्ट्र घोषणलाई कार्यन्यवन गर', लेखिएका प्लेकार्ड देखाइएको थियो ।

टिप्पणीहरू