ब्ल्याकलिस्टेड कम्पनी एमसिसी ठेक्कामा सामेल

ब्ल्याकलिस्टेड कम्पनी एमसिसी ठेक्कामा सामेल

अमेरिकी सहयोग नियोग (एमसिसी) परियोजना अन्तर्गत दाङको धानखोला-लमही सडक ठेक्का कालोसूचीवाला एक कम्पनीले समेत हात पारेको बुझिएको छ । 

स्वयं नेपाल सरकारको सार्वजनिक खरिद अनुगमन कार्यालयले गलत ठहर्याएको रमेश शर्मा स्वामित्वको कम्पनीलाई उक्त ठेक्कामा छनौट गरिएको हो । ज्वाइन्ट भेन्चर भएका कारण कम्पनीको नाम शर्मा कुमार जेभी राखिएको छ ।

सार्वजनिक खरिद अनुगमन कार्यालयले २०८२ साउन ०९ गते गोरखापत्रमा सूचना प्रकाशन गर्दै एक वर्षका लागि कालोसूचिमा समावेश गरेको पाइएको छ । 

श्री राष्ट्रिय स्वास्थ्य विज्ञान तथा अनुसन्धान परिषद, एन्टिभेनम उत्पादन तथा अनुसन्धान केन्द्र,नेपाल, आयोजना कार्यालय लालबन्दी नगरपालिका सर्लाहीको सिफारिसका आधारमा कालोसूचिमा राखिएको कम्पनी प्राविधिक छनौटमा परेपछि धेरैतिर उजुरी परेको छ । 

सार्वजनिक खरिद ऐन,२०६३ को दफा ६३ उपदफा १ बमोजिम त्यस्ता कम्पनीले कुनै पनि सरकारी खरिद वा बोलपत्रमा सहभागी हुन पाउँदैनन् । उक्त कम्पनी २०.०७ मिलियन डलरको लागतसहित टेण्डर प्रक्रियामा सहभागी भएको थियो । 

पूर्व–पश्चिम राजमार्गको ४० किमी लामो धानखोला–लमही खण्डको मर्मत गर्न पनि ग्लोबल टेण्डर आह्वान भएको थियो ।

टिप्पणीहरू