राष्ट्रपति धरान जाने,सेनाले आजै प्याराजम्प गर्ने

राष्ट्रपति धरान जाने,सेनाले आजै प्याराजम्प गर्ने
सुन्नुहोस्

राष्ट्रपति रामचन्द्र पौडेल धरान जान लाग्नुभएको छ । उहाँ बिहान सवा ९ बजे सैनिक हेलिकोप्टर एनए ०६७ अगुष्टामा धरान पुगेर अपरान्ह राजधानी फर्कने कार्यक्रम रहेको बुझिएको छ । 

स्रोतका अनुसार उहाँ धरान उपमहानगरपालिका ८ स्थित राधाकृष्ण प्रणामी मन्दिरको स्वर्ण जयन्ती समारोहमा उपस्थित हुनुहुने छ । त्यसपछि हालै निर्मित धर्मशाला उद्घाटन गर्ने कार्यक्रम रहेको बताइएको छ ।

कल साइन एनए ०६४ वाला स्काइ ट्रकबाट भने राजधानीमा प्याराजम्प गराईंदै छ । बिहान साढे ११ बजे भक्तपुरको खरिपाटी क्षेत्रमा यो अभ्यास हुनेछ । यसअघि चितवनको मेघौली एरियामा पनि उडिरहेको जहाजबाट हाम्फाल्ने अभ्यास गरिँदै आएको थियो ।

टिप्पणीहरू