नेपाल प्रहरीको टोली भारतको ओडिसा पुग्यो : परराष्ट्रमन्त्री
परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले भारतको ओडिसास्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा नेपाली विद्यार्थीको शंकास्पद मृत्यु र त्यसपछि घटनाबारे बुझ्न नेपाल प्रहरी पुगेको बताउनुभएको छ ।
उहाँका अनुसार भारतको राजधानी नयाँ दिल्लीस्थित नेपाली राजदूतावासमा रहेका दुई जना प्रहरी आज बिहान त्यहाँ पुगेका हुन् । उनीहरुले भारतीय सुरक्षाकर्मीहरुसँग समन्वय गरिरहेको मन्त्रीले सामाजिक सञ्जालमा लेख्नुभएको छ ।
नेपाली छात्रा प्रकृति लम्सालको शंकास्पद मृत्युपछि विश्वविद्यालय प्रशासनले घटनालाई उत्तेजित पारेको नेपाली विद्यार्थीहरुको भनाई छ ।
परराष्ट्रमन्त्रीले सामाजिक सञ्जालमा लेख्नुभएको छ, ‘नेपाली विद्यार्थीको अवस्था बुझ्न र त्यहाँ रहेका नेपाली विद्यार्थीलाई कलेजमा सुरक्षाको वातावरण मिलाउने सन्दर्भमा नेपाली राजदूताबास नयाँ दिल्लीबाट नेपाल प्रहरीका दुइजना बरिष्ठ अधिकारी आज बिहानै विश्वविद्यालय पुग्नुभएको छ ।’
टिप्पणीहरू