आफ्नै सरकारको गलत निर्णयको शिकार बन्दै अमेरिकी जनता
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेका पछिल्ला कतिपय अलोकप्रिय निर्णयको शिकार सबैभन्दा पहिले आफ्नै जनता भएका छन् । राजनीतिक उद्देश्यबाट प्रेरित भएर उनले छिमेकी क्यानाडा, मेक्सिकोलगायत चीनसँगको ब्यापारमा १० देखि २० प्रतिशत अतिरिक्त भन्सार तथा अन्य कर थोपरिदिएका छन् ।
पछिल्लो तीन सातामा त्यस्ता धेरै वटा निर्णय भएकाले अब अमेरिकी बजारमा आयातित सामान महँगो हुने एक जना चिनियाँ विश्लेषकले सामाजिक सञ्जालमा संक्षेपमा विश्लेषण गरेका छन् । ‘भन्सार कर कसरी कार्यान्यवयन हुन्छ ?’ भन्ने शीर्षकमा उनी लेख्छन् , ‘त्यो सबै कर अमेरिकीहरुले नै तिर्नेछन् ।’
‘लौ भन्नुस् अब त्यसैगरी सबै सामानमा कर बढाएपछि यो वर्षदेखि अमेरिकीहरुले थप मूल्य कति तिर्नुपर्ने हुन्छ ? सामान बिक्रेताले मूल्य नबढाउँदा पनि अमेरिकी सरकारको निर्णयका कारण उसको आन्तरिक बजार स्वतः महँगो हुने छ ।’
सन् २०२३ को आँकडालाई आधार मानेर उनले बढेको करको कूल रकमको हिसाब निकालेका छन् । उक्त वर्ष आयातित जुत्तामा कर बढाइएको थियो । अघिल्लो वर्षको तुलनामा त्यो वर्ष अमेरिकीहरुले जुत्तामा मात्रै ९ अर्ब ३० करोड अमेरिकी डलर बढी तिरेका थिए ।
उनी सोध्छन्, ‘लौ भन्नुस् अब त्यसैगरी सबै सामानमा कर बढाएपछि यो वर्षदेखि अमेरिकीहरुले थप मूल्य कति तिर्नुपर्ने हुन्छ ? सामान बिक्रेताले मूल्य नबढाउँदा पनि अमेरिकी सरकारको निर्णयका कारण उसको आन्तरिक बजार स्वतः महँगो हुने छ ।’
टिप्पणीहरू