भिआइपीहरुको विदेश यात्रा भरमार

भिआइपीहरुको विदेश यात्रा भरमार
सुन्नुहोस्

राष्ट्रिय सभाका पूर्व अध्यक्ष चीन जान लाग्नुभएको छ । उहाँ मध्यान्ह १२ बजे चाइना साउदर्नको उडानमा काठमाडौंबाट ग्वाङ्झौतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।

आजै अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त हरिप्रसाद पौडेल मलेसिया जाने आयोग स्रोतले जनाएको छ । पौडेल नेपाल एअरलाइन्सको उडानमा राति ९ बजे त्यसतर्फ जाने कार्यक्रम छ । 

पूर्व मुख्यसचिव शंकरदास बैरागी भने अष्ट्रेलिया जान लागेको बताइन्छ । बैरागी राति ९ बजे सिंगापुर एअरलाइन्सको उडानमा त्यता जाने तयारी हुँदैछ ।

टिप्पणीहरू