रविलाई भरतपुरबाट भैरहवा लगिँदै

रविलाई भरतपुरबाट भैरहवा लगिँदै

सहकारी ठगी प्रकरणमा हिजो अदालतबाट छुटेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने चितवन पुगेका छन् । रिहाईको अदालती प्रक्रियाका लागि रुपन्देही जिल्ला अदालत उपस्थित गराउन लागिएकोमा मौसम खराबीका कारण रुट फेर्न भरतपुर पुर्याइएको हो । 

त्यहाँबाट गाडीमा लैजाने कुरा छ । रविलाई आज बिहानै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुर्याइएको थियो । तर, मौसम खराबीका कारण भैरहवाको सबै फ्लाइट रद्द भएपछि जहाजमार्फत भरतपुर लगिएको हो । उनले आज भैरहवा पुगेर अदालती प्रक्रिया पुरा गर्नेछन् । 

त्यसपश्चात् नख्खु कारागारमा कागजी प्रक्रिया पुरा गर्नुपर्नेछ । बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा कारागार चलान भएका रविले बिगोबराबरको बैंक ग्यारेण्टी बुझाएर थुनामुक्त गर्न माग गर्दै रुपन्देही जिल्ला अदालतमा निवेदन पेश गरेका थिए । जिल्लाले अस्वीकार गरेकोमा उनले उच्च अदालत, तुलसीपुर बुटवल इजलासमा निवेदन दिए । 

न्यायाधीशद्वय वासुदेव आचार्य र तेजनारायण पौडेलको संयुक्त इजलासले हिजो बैंक ग्यारेण्टी लिएर उनलाई छोड्न आदेश गरेको हो ।

टिप्पणीहरू