जनहितमा ट्रान्स हिमालयन मिडिया अलायन्स गठन

जनहितमा ट्रान्स हिमालयन मिडिया अलायन्स गठन

चीन–नेपाल मिडिया समिट २०२५ ले दुई मुलुकबीचको सहकार्यमा नयाँ अध्यायको थालनी गरेको छ । हिमाल वारिपारी दुबै मुलुकका आवाजलाई एकताबद्ध गर्दै,मिडिया,सार्वजनिक हित तथा साझा सूचना सन्जाल निर्माण गर्ने उद्देश्यसहित हिजो काठमाण्डौमा समिट आयोजना गरिएको बुझिएको छ ।

चीन–नेपाल कूटनीतिक सम्बन्धको ७०औँ वर्षगाँठका अवसरमा आयोजित कार्यक्रममा बोल्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेपाल र चीन लामो समयदेखि असल छिमेकी रहेको र नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको बताउनुभएको छ । चौथो संस्करणको ‘चीन–नेपाल मिडिया समिट’लाई सम्बोधन गर्दै खरेलले नेपालको विकास र सद्भावका निम्ति चीन सरकारको निरन्तर सहयोगको सराहना गर्नुभयो ।

उहाँले चीनले नेपालको विशेषगरी पूर्वाधार विकासमा उल्लेखनीय योगदान पुर्याएको उल्लेख गर्नुभएको छ । नेपालका पूर्वाधार,आर्थिक,शिक्षा, स्वास्थ्य, पर्यटन, संस्कृति, सम्पदाको विकास प्रवद्र्धनमा निकै धेरै योगदान पुर्याएको चर्चा गर्नुभयो ।

काठमाडौंस्थित जनगणतन्त्र चीनको दूतावासका इकोनोमिक कन्सुलर चु फङले चीन र नेपालबीचको सम्बन्धका विविध आयामबारे चर्चा गर्नुभयो । विभिन्न अतिथिले सम्बोधन गरेको दक्षिण एसिया नेटवर्क टेलिभिजन तथा नेपाल–चाइना मिडिया फोरमद्वारा आयोजित समिटमा चिनियाँ र नेपाली सञ्चारमाध्यम,सर्वाधिक चासोका विषयमाथि गहन छलफल भएको थियो ।

त्यस क्रममा नेपाल चाइना मिडिया फोरमका अध्यक्ष किशोर श्रेष्ठ र चाइना टुडे सिआइसिजीको युरोप,अफृका ब्युरोकी उपनिर्देशक वा चुन्फाङ्गबाट  जनहितमा ट्रान्स हिमालयन मिडिया कोर्डिनेशन अलायन्स स्थापनासम्बन्धी घोषणा गरिएको थियो ।

टिप्पणीहरू