त्रिभुवन विश्वविद्यालयमा सँधै लफडा
त्रिभुवन विश्वविद्यालयको नवनियुक्त उपकुलपति प्रा.डा.दिपक अर्यालले पदभार ग्रहण गरेसँगै लफडा शुरु भएको छ । उनले जिम्मेवारी सम्हालेलगत्तै विद्यार्थी संगठनहरुले विश्वविद्यालयमा हंगामा मच्चाएका हुन् । आफूहरुसँग छलफल नगरी उनले पदभार ग्रहण गरेको भन्दै संगठनहरुले तोडफोड नै गरेका छन् ।
शुक्रबार नै उपकुलपतिको कुर्सी कार्यकक्ष बाहिर निकालिएको थियो भने ढोकाबाहिर झुण्ड्याइएको उपकुलपतिको नेमप्लेट झिकेर फ्याँकेपछि अवस्था तनावग्रस्त बनेको हो । यसअघिका उपकुलपति प्रा.डा. केशरजंग बरालल…