न्यायाधीशलाई कालोमोसो दल्नेको जय जयकार
जन्मकैदको सजाय भोगिरहेका नेपाली काँग्रेसका नेता अफ्ताव आलमलाई उन्मुक्ति दिएको आरोपमा न्याधीशहरुलाई कालोमोसो दलेका नेकपा (बहुमत)का नेताहरुलाई पार्टीले सम्मान तथा अभिनन्दन गरेको छ । उनीहरुलाई पार्टीको ३ नम्बर ब्यूरो(बागमती प्रदेश) ले स्वागत तथा अभिनन्दन गरेको हो ।
स्थायी समिति सदस्य उदयबहादुर चलाउने‘दिपक’ले जनताले जनउत्तरदायी न्यायप्रणाली र अदालतको अनुभूति नगरेपछि आफ्नो पार्टी त्यसविरुद्ध लागेको बताए । कालोमोसो दल्न गठित टोलीका सदस्य तथा पार्टी केन्द्रीय सदस्य अभिनाश कुँवरले एक महिना लामो कारागार बसाईले कालोमोसोभन्दा माथिको कारबाही गर्न तयार हुन सिकाएको अनुभव बताएका छन् ।
उनीहरुले जेठ २९ गते वीरगञ्ज उच्च अदालतको इजलासभित्रै न्यायाधीशहरु खुशीराम थारु र अर्जुन महर्जनलाई कालोमोसो दलेका थिए ।
टिप्पणीहरू