इँटा थुपारिएको ठाउँमा १३ क्विण्टल काजु
इँटा थुपारिएको ठाउँमा क्विण्टलका क्विण्टल काजु फेला परेको छ । धुनषाको लक्ष्मीनिया गाउँपालिका ७ मा रहेको चाइनिज इँटाभट्टा कम्पाउण्डको खाली घरभित्र १३ क्विण्टल २० किलोग्राम काजु भेटाइएको छ।
सशस्त्र प्रहरी बल नेपालको टोलीले विशेष सूचनाका आधारमा १३ लाख २० हजार रुपैयाँको १३ क्विन्टल २० किलो काजु बरामद गरेको हो । उक्त काजु भन्सारमा बुझाइसकिएको छ ।
काजु कहाँबाट, कसका लागि र कसले ल्याएको भन्नेबारे थप अनुसन्धान भइरहेको जनाइएको छ ।
टिप्पणीहरू