अमेरिकाविरुद्ध प्रदर्शनकाे तयारी

अमेरिकाविरुद्ध प्रदर्शनकाे तयारी

भेनेजुएलामाथि अमेरिकी आक्रमणविरुद्ध काठमाडौँमा प्रदर्शन हुने भएको छ । प्रगतिशील रुपान्तरण अभियानले भोलि दिउँसो ३ बजे माइतीघरमा प्रदर्शन आह्वान गरेको हो । 

स्वास्थ्य र शान्तिको क्षेत्रमा लामो समयदेखि सक्रिय उक्त अभियानले अमेरिकी सेनाको नियन्त्रणमा रहेका भेनेजुएलाका राष्ट्रपति मादुरो दम्पतीलाई रिहा गर्न पनि माग गरेको छ । अमेरिकी साम्राज्यवादविरुद्ध गोलबन्द हुन अभियानको अपील छ । 

ट्रम्प प्रशासनको तानाशाही हर्कतको निन्दा गर्दै हिजो विभिन्न विद्यार्थी संगठनहरुले पनि अमेरिकी दूतावासअघि प्रदर्शन गरेका थिए । अहिले दूतावास परिसरको सुरक्षा व्यवस्था कडा पारिएको बताइन्छ ।

टिप्पणीहरू