नेपाल छाड्नुअघि सिंहदरबारमा कुराकानी
नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत डिन आर. थम्पसनले प्रधानमन्त्री सुशीला कार्कीसँग शिष्टाचार भेटवार्ता गरेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज दिउँसो २ बजेपछि भएको भेटमा दुवै पक्षबीच द्विपक्षीय हित, सहयोग तथा समसामयिक विषयमा छलफल गरिएको जनाइएको छ ।
भेटका क्रममा प्रधानमन्त्री कार्कीले नेपाललाई अमेरिकाले प्रदान गर्दै आएको विकास सहयोग र समर्थनप्रति धन्यवाद व्यक्त गर्नुभएको छ । उहाँले आगामी दिनमा पनि नेपालको लोकतान्त्रिक प्रक्रिया, शान्ति र स्थिरताका लागि अमेरिकी सहयोग निरन्तर रहने विश्वास व्यक्त गर्नुभएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।
प्रधानमन्त्री कार्कीले विशेषगरी आगामी फागुनमा हुने निर्वाचनमा अन्तर्राष्ट्रिय समुदायको सहयोगको अपेक्षा उल्लेख गर्नुभएको हो ।
टिप्पणीहरू