पत्रकारको क्यामेरा खोसिएकोप्रति महासंघको आपत्ति
एचटिपी खबरका पत्रकार दिवाकर साहमाथि भएको दुर्व्यवहारप्रति पत्रकारहरूको साझा संस्था नेपाल पत्रकार महासंघले गम्भीर आपत्ति जनाएको छ । नेपाल पत्रकार महासंघ, मधेश प्रदेश समितिले रिपोर्टिङमा गएका साहमाथि दुर्व्यवहार भएको जनाउँदै घटनाको निन्दा र भर्त्सना गरेको हो ।
महासंघले दोषीमाथि कडाभन्दा कडा कारबाहीको माग पनि गरेको छ । पूर्वाधार विकास कार्यालयमा अनुचित गतिविधि भइरहेको जानकारीपश्चात् गत असार २३ गते राति रिपोर्टिङ्गका लागि त्यहाँ पुगेका साहलाई धकेल्दै केही व्यक्…