समाचार

ट्राफिकलाई सन ग्लास

काठमाडौं उपत्यकाका सडकमा कार्यरत ट्राफिक प्रहरीहरुलाई घाममा लगाउने चश्मा (सन ग्लास) वितरण गरिएको छ । त्रिपुरेश्वरस्थित नेत्रज्योती संघले आज उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई त्यस्तो चश्मा हस्तान्तरण गरेको छ ।  ट्राफिक प्रहरी ड्युटीमा खट्दा धुँवा, धुलो र घामबाट आँखालाई सुरक्षित राख्न सन ग्लास वितरण गरिएको हो । संघका अनुसार एक हजार आठ सय थान चश्मा हस्तान्तरण गरिएको छ ।

Page 308 of 2022