इमर्जेन्सी खुला,सबै अस्पताल ठप्प

इमर्जेन्सी खुला,सबै अस्पताल ठप्प फाइल फाेटाे

चिकित्सकहरुले आज बिहानदेखि सबै अस्पतालको सेवा ठप्प पारेका छन् । नेपाल चिकित्सक संघ,कार्यकारिणी समितिको आकस्मिक निर्णय भन्दै उनीहरुले इमर्जेन्सी सेवाबाहेक सबै सेवा स्थगन गरेका हुन् ।

हालको विषम परिस्थितिमा चिकित्सकहरुलाई निरुत्साहित पार्ने काम भएको,असुरक्षित वातावरण सिर्जना गरिएको संघको ठहर छ । उपभोक्ता अदालतका कारण मेडिकल क्षेत्र थप असुरक्षित भएको ठहरसहित संघको शुक्रबार सम्पन्न सर्वपक्षीय बैठकले आन्दोलनको कार्यक्रम तय गरेको हो । 

शुक्रबार सबै जिल्ला प्रशासन कार्यालयलाई ज्ञापनपत्र बुझाइएको थियो भने हिजो सबै अस्पतालमा चिकित्सकहरुले एक घण्टा धर्ना दिएका थिए । भोलिदेखि सबै चिकित्सकको मेडिकल काउन्सिलको प्रमाणपत्र र हस्ताक्षर संकलन गरेर संघको केन्द्रीय कार्यालयमा पठाउने भनिएको छ । भोलि डाक्टरहरुले मेडिकल काउन्सिलको प्रमाणपत्र काउन्सिलमै बुझाउने भनिएको छ ।

यसबीच नयाँ बानेश्वर तथा मध्य बानेश्वरका निजी क्षेत्रका एभरेस्ट, भरोसा र भेनस अस्पतालमा पनि आकस्मित सेवा बाहेक अन्य सेवा बन्द गरिएको छ ।

टिप्पणीहरू