काठमाडौं महानगरपालिकामा हिजोदेखि अन्धकार
काठमाडौं महानगरपालिका कार्यालय भवनको विद्युतीय प्रणाली बिग्रिँदा काम ठप्प भएको छ । कमलादीस्थित नेपाल ट्रष्टको भवनमा भाडामा बसिरहेको महानगरको मिटरले भार थेग्न नसकेपछि विद्युतीय प्रणाली बिग्रिएको छ ।
कार्यालय हिजो साँझदेखि बिजुलीविहिन बनेको छ । महानगरका सहायक प्रवक्ता ध्रुवकुमार काफ्लले ‘लोड ब्यालेन्स’ नमिल्दा मुख्य मिटर बिग्रिएको बताए । उनका अनुसार महानगरमा त्यस्ता घटना हुँदै आएको छ ।
‘पहिले यो भवनमा व्यापारीहरु बस्नुहुन्थ्यो । उहाँहरुको छुट्टाछ…