सामाजिक सञ्जाल विवरण नुबझाउने अमेरिका जान अयोग्य
अमेरिकाको भिसा आवेदनकर्ताले सामाजिक सञ्जालसम्बन्धी विवरण अनिवार्य रुपमा उपलब्ध गराउनुपर्ने भएको छ । नेपालस्थित अमेरिकी दूतावासले भिसाका लागि आवेदन दिनेलाई अनिवार्य रुपमा आफ्नो सामाजिक सञ्जालसम्बन्धी विवरण उपलब्ध गराउनुपर्ने नियमबारे लगातार जानकारी गराइरहेको छ ।
भिसा आवेदकले विगत पाँच वर्षभित्र प्रयोग गरेका सबै प्लेटफर्मबारे जानकारी दिनुपर्ने छ । सामाजिक सञ्जालसम्बन्धी जानकारी नदिएमा भिसा अस्वीकृत हुनसक्ने र भविष्यमा पनि अमेरिकी भिसाका निम्ति अयोग्य ठहरिने दूतावासको ठहर छ ।
टिप्पणीहरू