स्वर्णिम वाग्लेमाथि छानविन गर्न कांग्रेस नेताको माग

स्वर्णिम वाग्लेमाथि छानविन गर्न कांग्रेस नेताको माग

नेपाली काँग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले राष्ट्रद्रोह र राज्यप्रति घृणा फैल्याउने अभिव्यक्ति क्षमायोग्य नहुने बताएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डा. स्वर्णिम वाग्लेतर्फ लक्षित गर्दै उनको यस्तो भनाइ आएको हो ।   

वाग्लेले मुनरो डक्ट्रिनको व्याख्या गरेको एउटा पुरानो सन्दर्भ कोट्याउदै घिमिरेले यसबारेमा संसदलाई जानकारी दिनुपर्ने माग राखे । के प्रसंगमा त्यसको चर्चा गरिएको हो ? त्यो कुरा संसदमा प्रष्ट पारिनुपर्ने उनको भनाइ छ । 

नेपाल सार्वभौमसत्ता सम्पन्न मुलुक भएकाले सांसदजस्तो व्यक्तिले यस्तो अभिव्यत्ति दिँदा सरकार किन बेखबर ? भन्ने प्रश्न पनि घिमिरेले उठाए । यसबारेमा छानविन गर्न उनले माग गरे । 

रास्वपाका सभापति रवि लामिछाने, उपसभापति डा. स्वर्णिम वाग्ले र तत्कालीन महामन्त्री डा. मुकुल ढकालले भारतीय राजदूतसँगको भेटमा गरेको भनिएको कुराकानीको एउटा सन्दर्भ पनि घिमिरेले संसदमा उठाएका छन् । लैनचौरस्थित दूतावासमा राजदूतलाई आफूहरुले गोप्यरूपमा भेटेको अनि उक्त भेटमा रवि र वाग्लेले नेपाल भारतकै स्वायत्त क्षेत्र हो भनेको मुकुलले खुलासा गरेका थिए । राष्ट्रिय टेलिभिजनबाट सार्वजनिक भएको यस विषयमा गम्भीर बन्नुपर्ने सांसद घिमिरेको भनाइ छ ।

टिप्पणीहरू