कहाँ पुर्याउने हो डरलाग्दो यो काण्डले
अनेकौं सहकारीबाट सर्वसाधारणको अर्बौं ठगेर जिबी राई विदेशतिर फरार छन् । रवि लामिछानेले मुद्दा खेपिरहेका छन् । यो ८० को दशकमा सर्वसाधारणको गाँस कटाएर जम्मा गरिएको अर्बौं रूपैयाँमाथि संगठित ठगीको नमुना हो । यसअघि ७० को दशकमा अर्थात् २०६२/६३ को जनआन्दोलनलगत्तै साढे तीन लाख मानिस जोडिएको युनिटी लाइफको ठगी झन् चरम उत्कर्षमा थियो । सदस्य बनाउँदा ठगी गर्ने गरी यो गोल्डक्वेस्टजस्तै रूपमा आएको थियो । युनिटीले कारोबार गर्ने विशाल अफिस जावलाखेलमा छ जसको मुद्दा अदालतमा विचाराधीन हुँदाहुँदै जिल्ला अदालतले राज्यको नियन्त्रणमा राखेको घरसहितको सम्पत्ति उच्चका केही न्यायाधीशले फुकुवा गरेर आफ्नो गोजी गरम पारेका थिए ।
ठूलो ठगीको यो काण्डमा २०८२ वैशाख २ गते आएको सर्वोच्चको फैसला पनि अचम्मको छ । प्रकाशमानसिंह राउत र तिलप्रसाद श्रेष्ठले यो मुद्दा टुंग्याएका हुन् । जिल्ला अदालतले युनिटी लाइफमा ठगिएकाहरूलाई चार÷चार लाखको दरले क्षतिपूर्ति दिलाउने आदेश पनि गरेको थियो ।
ललितपुर जिल्ला फैसला उल्टाउँदै सञ्चालकसहितलाई थोरै कैद र जरिवाना ठहर गरियो संयोग कस्तो भने जिल्लाबाट युनिटीका ठगहरुलाई कठोरतापूर्वक कस्ने न्यायाधीश टेकनारायण कुँवर अहिले न्यायाधीश समाजको महासचिव छन् भने सर्वोच्चबाट यो मामिलाको अन्तिम र कमलो फैसला गर्ने तिलप्रसाद श्रेष्ठ त्यसैका अध्यक्ष हुन् ।
यस प्रकरणसम्बन्धी १६ वटा मुद्दा सर्वोच्चबाट एकैचौटी फैसला भएको छ । काशीराम गुरुङ, भीमबहादुर गुरुङ, इन्द्रबहादुर विश्वकर्मा, नेत्र राजवंशी, कृष्णबहादुर क्षेत्री, महेन्द्र केसी र विष्णुबहादुर क्षेत्रीलाई साढे २ वर्ष कैद र जनही २५ हजार समान जरिवाना ठहर भएको छ । युनिटीका जिएम शिशिर योगीलाई जम्मा एक वर्ष कैद र १० हजार जरिवाना तोकिएको छ ।
एकातिर मुद्दा गम्भीर छ, अर्कोतिर फैसलामा न्यायाधीशहरूको व्यवहार पनि बडो सन्देहपूर्ण छ । अर्बौं ठगीका मुख्य आरोपीको यसबीच शंकास्पद मृत्यु भएको छ, न्यायिक निरूपणको प्रक्रिय असाध्यै ढिलो भएको छ, जसले गर्दा कम्पनीको स्वामित्वमा रहेको सम्पत्ति बेचविखनमा उस्तै मिलेमतो भएको छ । यी सबैको पृष्ठभूमिमा बल्ल आएको फैसलाले पनि संलग्नलाई झारा तिर्ने हिसाबले मात्रै दोषी ठहर गरेको छ । सफाइ दिने र दण्ड सजायँ घटाउने न्यायाधीशले आफ्ना बाबुलाई युनिटीकै संरक्षणको ग्रिनसिटी अस्पताल बसुन्धारामा उपचार गराइरहेको समेत बुझिएको छ ।
हाल विशेष अदालतको अध्यक्ष रहेका टेकनारायण कुँवरले ललितपुर जिल्ला अदालतको न्यायाधीश हुँदा २०७० चैत १८ गते युनिटीमा संगठित अपराध भएको ठहर गरेका थिए । अर्का न्यायाधीश दुर्गादत्त भट्टले जिल्ला अदालतको फैैसला उल्ट्याएर पाटन उच्चबाट सफाइ दिए । यसपछि मुद्दा सर्वोच्च पुगेको हो ।
भट्टलाई मुद्दा मिलाएदिएबापत ५० लाख दिने भनिएको रहेछ । पछि क्यान्सरको पीडामा छट्पटिँदा छट्पटिँदै उनले ‘मलाई औषधि उपचार खर्च चाहियो, तिमीहरूले कबोलेबापत मैले फैसला गर्दिएँ । ५० लाख भनेका थियौं त्यति नदिए पनि केही रकम पाऊँ’ भनेर अनुनय बिनय गर्दा पनि उपचार खर्च नपाउँदा तड्पिएर ज्यान गयो ।
भट्टलाई मुद्दा मिलाएदिएबापत ५० लाख दिने भनिएको रहेछ । पछि क्यान्सरको पीडामा छट्पटिँदा छट्पटिँदै उनले ‘मलाई औषधि उपचार खर्च चाहियो, तिमीहरूले कबोलेबापत मैले फैसला गर्दिएँ । ५० लाख भनेका थियौं त्यति नदिए पनि केही रकम पाऊँ’ भनेर अनुनय बिनय गर्दा पनि उपचार खर्च नपाउँदा तड्पिएर ज्यान गयो । उनलाई त्यसअघि प्रधानन्यायाधीश निवासमा तास खेल्दाखेल्दै ढल्दा अस्पताल लानुपरेको थियो ।
युनिटी ठगीको मुद्दा किनारा नलाग्दै तीन वर्षअगाडि अर्को ठूलो घोटाला भएको स्रोत बताउँछ । स्वयम्भूको प्राइम लोकेशनमा ५२ आना जग्गा युनिटी लाइफका नामबाट सिटिजन बैंकमा रोक्का थियो । प्रतिआना एक करोड पर्ने जग्गा बिचौलियाहरुले २२ करोडमा हर्कमान तामाङलाई दिलाइदिए । ‘युनिटी टावर जसरी नै यो जग्गा पनि मिलाएर खाए,’ स्रोत भन्छ, ‘युनिटी लाइफका ३ लाख ६५ हजार सदस्यलाई तीन महिनाभित्र निवेदन दिनु नत्र केही हुन्न भनेर फैसला लेखिएको छ रे ‘पूर्ण विवरण आउन बाँकी होला ।’
सर्वोच्चबाट फैसला गर्ने श्रीमानले ०७९ भदौमा ग्रिनसिटीमा बाबुको फ्रिमा उपचार गराएको र बैनीको देवर आदर्श श्रेष्ठकी श्रीमतीको अप्रेसनबाट डेलिभरी पनि यहीं निःशुल्क गराएको बताइन्छ । श्रोत भन्छ ‘सर्वोच्चमा आइटी अफिसर भनेर आदर्शलाई करारमा राखिएको छ । जबकि उनी आइटी विज्ञ नै होइनन् ।’
एलबी अर्थात् लोकबहादुर टण्डन पहिले बुटवलमा सानो सिसा पसल चलाउँथे । तर, युनिटी हुँदै ग्रिनसिटी अस्पतालको हर्ताकर्ता बन्न पुगे । गुल्मीका उनी अहिले अर्बौंको मालिक बनिसकेका छन् । बिल चेक गर्ने हो युनिटी लाइफको नाममा आएका मेडिकल इक्विपमेन्ट प्रशस्तै भेटिन्छन् । सम्पत्तिको श्रोत पनि खुलाउन सक्दैनन् । स्रोतले भन्यो, ‘अहिले पनि सरकारले सिआइबी वा अरू निकायबाट सहकारीमा छानबिन गरेजस्तै गर्ने हो भने सबै कुरा छर्लङ्ग हुन्छ ।’
युनिटीका हर्ताकर्ता विष्णु क्षेत्रीलाई जोगाउन नक्कली मृत्यु देखाएर श्रद्धाञ्जली दिइएको फण्डा झनै रोचक छ । कृष्ण र विष्णु क्षेत्री दाजुभाइ हुन् । ठगीबाट बच्न कृष्णले विष्णुको नक्कली लाश बनाएर ‘भाइ, तेरो अकाल मृत्यु भयो, हार्दिक श्रद्धाञ्जली’ सम्म फेसबुकमा लेख्न भ्याए । सेतो कपडाले शरीर छोपेर, रगतजस्तो देखाएर र नाकमा कपास कोचेर कृष्णले ललितपुरको भैंसेपाटीबाट विष्णुको शंकास्पद फोटो सामाजिक सञ्जालमार्फत सेयर गरेका थिए । ठगीबाट बच्ने यो काइदा धेरैबेर टिकेन । विष्णुकी पत्नीले आफ्ना पतिको हत्या नभएको रहस्य खोलिदिइन् । यही आधारमा प्रहरीले अनुसन्धान गर्यो । अनि ठगीमा फरार भएका दाजुभाइ नै समातिए । कैदी जीवन पनि भुक्तान गरे । व्यवहार मिलाउन नसक्दा विष्णुले जण्डिसकैबीच धेरै रक्सी पिए । नर्भिकमा उपचार गराइरहेका उनलाई टण्डनले त्यहाँबाट निकालेर ग्रीनसिटी पु¥याए । ‘राम्रो उपचार गर्छु भनेर लगे, उपचारकै क्रममा मृत्यु भयो हल्ला पिटाए ।
हतारहतार जलाउने काम पनि उनैबाट भयो ।’ यही प्रकरणमा सर्वोच्चका न्यायाधीश कुमार चुडालले अर्का न्यायाधीश हनी ट्रयापमा परेको भनी सामाजिक सञ्जालमै लेखेको अझै पढ्न सकिन्छ । सर्वोच्चमा १७–१८ जना न्यायाधीश छन् । कुमार श्रीमानको स्ट्याटसले त हरेकमाथि प्रश्न उठ्यो । टाउकोमा तरबार झुण्डिएको न्यायाधीशले आचरण, मर्यादा, सुशासनबारे मुलुकबासीलाई जानकारी दिनुपर्ला कि नपर्ला ?
युनिटी २०६६–६७ सालसम्म सर्वसाधारणबाट तीन अर्ब ८३ करोड उठाएर खाएको ठूलो ठगीको केस हो । यसमा अर्ब बढी कमिसन बाँडेको दावी स्रोतको छ । २०७४ चैत २१ गते सर्वोच्चमा दर्ता भएको मुद्दा ६० पटकभन्दा बढी पेशी चढेको थियो।
टिप्पणीहरू