साढे चार करोड घोटालाको आरोप, २५ हजार धरौटी माग

साढे चार करोड घोटालाको आरोप, २५ हजार धरौटी माग

भ्रष्टाचार मुद्दा लागेका काठमाडौं महानगरपालिकाका तत्कालिन प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारलाई धरौटी छोड्न आदेश भएको छ । 

विशेष अदालतका न्यायाधीश तेज नारायण सिंह राई, राम बहादुर थापा र रितेन्द्र थापाको इजलासले २५ हजार धरौटीमा छोड्ने आदेश दिएको हो । परियार आज आफैँ अदालतमा हाजिर हुन पुगेका थिए । 

ढल निर्माणमा घोटाला गरेको अभियोगमा परियारसँगै मुद्दा चलाइएका महानगरका कर्मचारी बसन्त आचार्य र नमराज ढकाललाई ५०-५० हजार रुपैयाँ धरौटीमा छाड्न अदालतले आदेश दिएको छ । तीनै जनामाथि ढल निर्माणको ठेक्का लगाउँदा ठेकेदारसँग मिलेमतो गरी भ्रष्टाचार गरेको अख्तियारको दाबी छ । 

यो प्रकरणमा चार करोड ३१ लाख ७२ हजार रुपैयाँ हिनामिना गरेको दाबीसहित अख्तियारले सात जनाविरुद्ध जेठ २८ गते मुद्दा दायर गरेको थियो ।

टिप्पणीहरू