पूर्वमाओवादी नेता एमालेको चुनावी कमाण्डर

पूर्वमाओवादी नेता एमालेको चुनावी कमाण्डर

माओवादी पृष्ठभूमिका नेता रामबहादुर थापा बादल एमालेको चुनावी कमाण्डर बन्ने भएका छन् । आज बसेको सचिवालय बैठकले उनलाई चुनावी कमाण्डर तोकेको हो ।

हालै सम्पन्न एघारौँ महाधिवेशनमा ओली गुटबाट उपाध्यक्ष जितेका बादललाई पुरुष जनजाति कोटामा समानुपातिकतर्फ पहिलो नम्बरमा राखिएको छ । अब उनैले एमालेको समग्र निर्वाचन परिचालनको जिमेम्वारी सम्हाल्नेछन् । 

उपमहासचिव हारेका विष्णु रिमाल परिचालन कमिटीको सचिव बनेका छन् । छविलाल विश्वकर्मा, राजन भट्टराई, हिक्मत कार्की, रमेश बडाल, मीनबहादुर शाही, भीष्म अधिकारी सदस्य छन् । 

एमालेले अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा ‘घोषणापत्र मस्यौदा समिति’ पनि गठन गरेको छ । यहाँ पनि बादललाई छुटाईएको छैन । यो समितिमा उपाध्यक्ष  विष्णुप्रसाद पौडेल, महासचिव शंकर पोखरेल, नेता ईश्वर पोखरेल, प्रदीप ज्ञवाली र उपमहासचिव हारेका विष्णु रिमाल रहेका छन् ।

टिप्पणीहरू