दक्षिण कोरियाका राष्ट्रपति पुनः कारागारमा
दक्षिण कोरियाका पूर्वराष्ट्रपति युन सुक योललाई पुनः काराबास चलान गरिएको छ । गत डिसेम्बरमा केही घण्टाका लागि सैन्य शासन लागू गर्ने आदेश जारी गरेका कारण उनीमाथि गत अप्रिलमा महाभियोग लगाइएको थियो ।
उनीमाथि प्रमाण नष्ट गर्ने आशंकामा राजधानी सिओलको एक जिल्ला अदालतले हिजो पक्राउ पूर्जी जारी गरेपछि अबेर प्रहरीले प्रहरीले पक्रेको हो । पूर्व राष्ट्रपति युनमाथि सैन्य शासनको प्रयास गरेको र विद्रोहको नेतृत्व गरेको आरोपमा मुद्दा चलाईंदै छ ।
हिजो भएको सुनुवाइपछि न्यायाधिशले पक्राउको आदेश दिएका हुन् । पहिलो पटक गत जनवरीमा पक्राउ परेका युनलाई केही महिनाअघि धरौटीमा छुट्ने आदेश दिइएको थियो ।
टिप्पणीहरू