डेढ दर्जन नेतामाथि कारबाही, प्रतिकारको तयारी

डेढ दर्जन नेतामाथि कारबाही, प्रतिकारको तयारी

नेपाली कांग्रेसले गत २०७९ को आमनिर्वाचनमा अन्तर्घात गरेको आरोपमा पार्टीका १८ नेतालाई एकैचोटी निस्कासन र निलम्बन गरेपछि चर्को असन्तोष देखिएको छ । डा. शेखर कोइराला समूहले आज आफू निकटका नेताहरु कोइरालाको सम्पर्क कार्यालयमा भेला भएर त्यसबारे छलफल गरेका छन् । 

पार्टी विधान अनुसार उजुरी परेको ६ महिनाभित्र अनुशासनको कारबाही गरिनुपर्नेमा दुई वर्षपछि कारवाही गरिनु प्रथम दृष्टिकोणमै नियमावलीविपरित रहेको कोइराला समूहको निष्कर्ष छ । त्यस्तै, आरोपित नेताहरुलाई सचेत गराइनुपर्नेमा केन्द्रीय अनुसशान समितिले सिधै उनीहरुको राजनीतिक भविष्य समाप्त पारिदिएको पनि उनीहरुको ठहर छ । 

सभापति शेरबहादुर देउवा, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग अनुशासन समितिको फाइल अहिले नचलाउने सहमति भए पनि समितिका संयोजक आनन्द प्रसाद ढुंगानाले एक्कासी (हजो विज्ञप्तिमार्फत् जानकारी गराएको कारवाहीको प्रतिकार गर्ने निर्णय भएको छलफलमा सहभागी एक नेताले जानकारी दिए । कोइराला समूहका नेताहरुलाई छानी छानी कारबाही गरिएको उनको आरोप छ । 

छलफलमा कोइरालासहित पार्टी उपसभापति धनराज गुरुङ, सहमहामन्त्री जीवन परियार, डा. मिनेन्द्र रिजाल, अर्जुननरसिंह केसी, बलबहादुर केसी, सञ्जय गौतमलगायत नेताहरु सहभागी थिए ।

टिप्पणीहरू