बाढी प्रभावित क्षेत्रको अनुगमनमा प्रधानमन्त्रीको टोली (फोटोहरू)

बाढी प्रभावित क्षेत्रको अनुगमनमा प्रधानमन्त्रीको टोली (फोटोहरू)

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको उच्चस्तरीय सरकारी टोली रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीका कारण भएको धनजनको क्षतिको स्थलगत अवलोकन गरी फर्किएको छ ।

बाढीबाट भएको क्षति, उद्धार र राहतबारे प्रधानमन्त्री ओलीले स्थानीय प्रशासन, जनप्रतिनिधि र स्थानीयबासीसँग छलफल पनि गर्नुभएको थियो । क्षतिग्रस्त क्षेत्रबाट बेपत्ता भएकाहरुको स्थिति, नेपाल–चीन सीमानाको रसुवागढी भन्सारको क्षतिग्रस्त सुक्खा बन्दरगाह, बगाइएका मालबाहक कन्टेनर बगाउँदा भएको क्षतिको विवरणबारे उहाँले चिन्ता र चासो व्यक्त गर्नुभएको बताइएको छ ।

टोलीमा उपप्रधान एवं अर्थमन्त्री विष्णुुप्रसाद पौडेल, गृहमन्त्री रमेश लेखक, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का, प्रधानमन्त्री मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, मुख्यसचिव एकनारायण अर्याल, नेपालका लागि चिनियाँ राजदूत चेन सोङ, प्रधानसेनापतिसहित चारै सुरक्षा निकायका प्रमुख सहभागी थिए ।

टिप्पणीहरू