पदयात्राका निम्ति आकर्षक गन्तव्य बन्दै कोरी (फाेटाे फिचर)

पदयात्राका निम्ति आकर्षक गन्तव्य बन्दै कोरी (फाेटाे फिचर)

पछिल्लो समय देशभित्र हाइकिङ (पदयात्रा) गर्न रुचाउनेहरूको संख्या बढ्दो छ। आन्तरिक पर्यटकसँगै विदेशीहरू पनि पदयात्राका विभिन्न गन्तव्यतर्फ आकर्षित हुन थालेका छन् । मुलुकमा छोटो र रमणीय पदयात्राका धेरै विकल्पमध्ये कास्कीको मादी गाउँपालिका–१ मा अवस्थित कोरी एउटा आकर्षक गन्तव्य बन्दै गएको छ ।

प्राकृतिक सुन्दरताले भरिपूर्ण कोरीबाट छर्लङ्ग हिमालहरू देखिन्छन् । यहाँबाट लमजुङ हिमाल, अन्नपूर्ण दोस्रो, माछापुच्छ्रे् र मनास्लु हिमालको सुन्दर दृश्य अवलोकन गर्न सकिन्छ ।

कोरी पुग्नका लागि पोखरादेखि सिक्लेससम्म बसमा यात्रा गर्नुपर्छ । आफ्नै सवारीसाधनबाट पनि सिक्लेससम्म सहजै पुग्न सकिन्छ। सिक्लेसबाट कोरी पुग्ने दुई बाटो छन्, एउटा तासा हुँदै र अर्को हुगु हुँदै । सिक्लेसबाट हुगु पुग्न करिब सातदेखि आठ घण्टा पैदल हिँड्नुपर्छ, र त्यहाँबाट थप एघार बाह्र घण्टा यात्रा गरेपछि कोरी पुगिन्छ । तासाको बाटो भने पूर्ण उकालो रहेकोले केही चुनौतीपूर्ण भए पनि दृश्यले सबै थकान हराउँछ ।

घण्टौंको पदयात्रापछि कोरी पुग्दा यात्रुहरूलाई हिमालको नजिकको अनुभव र प्रकृतिको शान्त सौन्दर्यले मोहित पार्छ ।

तस्विर : गणेश बज्र लामा याेजञ्जन

टिप्पणीहरू