यस्ताे देखियाे वीरगञ्जकाे छठ (फोटोफिचर)
उदाउँदो सूर्यलाई अर्घ्य दिँदै विरगञ्जस्थित ऐतिहासिक घडिअर्वा पोखरीमा यस वर्षको छठ पर्व सम्पन्न भएको छ।
बिहानैदेखि व्रतालुहरू पोखरीमा उभिएर सूर्यदेवको आराधना गर्दै व्रत समापन गरेका हुन्।
चार दिनसम्म मनाइने यो पर्वको पहिलो दिन ‘नहाय–खाय’ गरेर व्रत सङ्कल्प गरिन्छ। दोस्रो दिन पञ्चमीका दिन दिनभर निराहार रही राति सख्खरको खीर खाएर ‘खरना’ गरिन्छ।
षष्ठीका दिन अस्ताउँदो सूर्य र सप्तमीका दिन उदाउँदो सूर्यलाई अर्घ्य दिँदै पर्व विधिपूर्वक सम्पन्न गरिन्छ।
छठमा ढिकी–जाँतोमा पिसिएको गहुँ र चामलको पीठो, ठेकुवा, भुसुवा, माटाको भाँडोमा जमाइएको दही, उखु र मौसमी फलफूल चढाइने परम्परा छ।
सूर्यको आराधनाबाट सन्तान, धनलाभ र स्वास्थ्य लाभ हुने जनविश्वास रहँदै आएको छ।
तस्बिरहरु












टिप्पणीहरू