पहिले अँधेरी भुवन, पछि महेन्द्र गुफा (फोटोफिचर)

पहिले अँधेरी भुवन, पछि महेन्द्र गुफा (फोटोफिचर)

ऐतिहासिक महेन्द्र गुफा पोखराको पर्यटकीय गन्तव्य बन्दै गएको छ । धार्मिक, प्राकृतिक र ऐतिहासिक महत्त्व बोकेको सो गुफा पछिल्लो समय पोखरा घुमफिरका निम्ति आउने पर्यटकहरुको रोजाईंमा परिरहेको छ ।

हेन्द्र गुफा वि.सं २०१६ अघिसम्म ‘अँधेरी भुवन’ का रुपमा चिनिन्थ्यो । तत्कालीन राजा महेन्द्र पोखरा महानगरपालिका–१६, बाटुलेचौर आउँदा त्यहाँका स्थानीयले गुफाको अवलोकन गर्न लगाएपछि गुफाको नाम ‘महेन्द्र गुफा’ रहन गएको हो ।फाको लम्बाई एक सय २५ मिटर छ । गुफामा हिन्दु धर्म संस्कारसँग जोडिएका विभिन्न भगवानका मूर्ति एवं आकृति देख्न सकिन्छ । पोखरा आउने अधिकांश पर्यटकको पहिलो रोजाईंमै यो गुफा पर्ने गरेको छ । 

गुफा हेर्नका लागि विद्यार्थीलाई प्रतिव्यक्ति ३० रुपैयाँ र आन्तरिक पर्यटकलाई ५० रुपैयाँ शुल्क तोकिएको छ । त्यस्तै, भारत र सार्क मुलुकका पर्यटकका लागि ८० रुपैयाँ र अन्य विदेशी पर्यटकका लागि एक सय ५० रुपैयाँ शुल्क निर्धारण गरिएको छ ।

तस्बिरहरु

टिप्पणीहरू